लुम्बिनी

उचित व्यवस्थापनको अभावमा जालिम बाबा मजार ओझेलमा

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरस्थित जालिम शाह बाबास्थलको मजार उचित व्यवस्था तथा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । मुस्लिम समुदायका लागि प्रख्यात मानिने सो स्थलको समयमै संरक्षण तथा प्रवद्र्धन नहुँदा मजार ओझेलमा परेको हो ।

सात वर्षदेखि व्यापक चर्चा पाएको जालिम बाबाको स्थलमा भक्तजनको घुइँचो लाग्ने गथ्र्यो तर त्यस मजारको उचित व्यवस्थापना तथा प्रचारप्रसार नहुँदा मजार स्थल अहिले ओझेलमा परेको स्थानीयवासीको भनाइ छ ।

जालिम शाह बाबाको मजारमा गए रोग निको हुने विश्वास बढेपछि मजारस्थल एकाएक चर्चा पाएको थियो । सो धार्मिकस्थलमा छिमेकी जिल्लालगायत भारतबाट पनि बिरामी आएर आउने गर्दछन् । धार्मिक आस्था र विश्वास बोकेको यस ठाउँको उचित व्यवस्थापन तथा प्रचारप्रसार नहुँदा मा ओझेलमा परेको स्थानीयवासी हुसैन अन्सारीको भनाइ छ ।

मजारका व्यवस्थापन तथा प्रद्धर्नका लागि विभिन्न निकायबाट अनुदान आए तापनि त्यसको उचित संरक्षण र प्रवद्र्धन नहुँदा पछिल्लो पटक यो क्षेत्र ओझेलमा पर्दै आएको अवस्था देखिन्छ । यस क्षेत्रको उचित प्रचारप्रसार साथै संरक्षण नहुँदा भक्तजनको विश्वास घट्दै गएको र मजार ओझेलमा पर्दै गएको अन्सारीको भनाइ छ ।