खेलकुद

विश्वकप फाइनलः पहिलो पटक उपाधि हत्याउने दाउमा क्रोएसिया, फ्रान्स आक्रामक, विजेताले कति पाउछन पुरस्कार ?

काठमाडौं । २१ चरणको रसियामा जारी विश्वकपको फाइनल खेल आइतबार हुदैँछ । आज राती हुने फाइनल खेलमा फ्रान्स र क्रोएसिया आमनेसामने हुदैँछन् । मस्कोस्थित लुझिनी रङ्गशालामा नेपाली समयअनुसार पौने ९ बजे खेल हुनेछ ।

फ्रान्स र क्रोएसिया अपराजित यो विश्वकपको अपराजित टोली हो । फ्रान्सले बेल्जियम र क्रोएसियाले इङ्ल्यान्डलाई हराउदैँ फाइनलमा प्रवेश गरेका थिए । फाइनल खेल निकै रोमाञ्चक हुनेछ । इतिहास हेर्ने हो भने क्रोएसिया पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो भने फ्रान्स तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सले एकचोटी विश्वकप जितिसेको छ भने क्रोएसियाले यो पटक विश्वकप जित्ने कसरतमा रहेको छ । क्रा्रेएसिया शारीरिक रुपमा बलियो देखिएको छ । क्रोएसिया पहिलो पटक उपाधी हत्याउने दाउमा रहेको छ भने फा्रन्स दोस्रो पटक उपाधी जित्ने दाउमा हुनेछ ।

यो पटक उपाधि जित्दैँ इतिहास रच्ने उद्धेश्यका साथ अघि बढ्नेछ । फ्रान्सभित्र विश्वचर्चित एन्टोनी ग्रिजम्यान, स्ट्राइकर किलियन एमबाप्पे जस्ता खेलाडी छन् भने उता क्रोएसिया कप्तान लुका मोडरिचजस्ता खेलाडीले भरिभराउ छ । एक महिना अगाडी सुरु भएको खेलमा ३२ टोलीको सहभागिता रहेको थियो ।

गएराती भएको खेलमा बेल्जियमले विजय हात पार्दै तेस्रो स्थान कब्जा गरिसकेको छ भने इङ्लयन्ड चौथो भएको छ ।

विश्वकप प्रतियोगितामा सहभागिता जनाएका सबै ३२ टोलीलाइ पुरस्कार दिइनेछ । विश्वकप विजेता राष्ट्रले ३८ मिलियन अमेरिकी डलर हाता पार्छ । उक्त रकम यसअघि ३५ मिलियन मात्रै थियो । यसपटकबाट ३ मिलियन अमेरिकी डलर बढाइएको हो । फिफाले विजेता तथा सहभागी राष्ट्रहरुलाई जम्मा ४ सय मिलियन अमेरिकी डलर खर्च गर्छ । सन् २०१४ को ब्राजिल विश्वकपमा उक्त रकम ३ सय ५८ मिलियन डलर रहेको थियो ।