लुम्बिनी

नारायणी नदीमा डुबेर बेपत्ता

नवलपरासी । पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् ।

सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयवासीले जनाएका हुन् । बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन् । हालसम्म बालक नभेटिएको रामनगर प्रहरी चौकीले जनाएको छ ।