समाचार

बेपत्ता रहेका महानगरका वरिष्ठ अधिकृत पौडेल अन्ततः मृत फेला

काठमाडौं । झन्डै ३ सातादेखि हराईरहेका वरिष्ठ अधिकृत ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन् । सम्पर्कविहीन बनेका पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत पौडेल सेतीनदी किनारमा आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

कास्की प्रहरीका अनुसार भेटिएको शवको आफन्तले पहिचान गरिसकेका छन् । पौडेल असार ९ गते शनिबार बिहान मर्निङ वाक जान्छु भनि बेपत्ता भएका थिए । उनको घरमा सुसाइड नोट समेत भेटिएको थियो ।