सामाजिक सञ्जाल

फेसबुकले फेक समाचार कहिल्यैँ नहटाउने, यस्तो छ कारण !

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले फेक न्यूज अर्थात झुठा समाचार कहिल्यै नहटाउने भएको छ । यस्ता पोष्टहरुले कम्युनिटी स्टान्डर्डको उल्लंघन नगर्ने भएकाले फेक न्यूज नहटाउने फेसबुकले जनाएको हो । बेलायतमा फेक न्यूजका विरुद्ध अभियान चलिरहेको छ तर फेसबुकले भने यस्ता फेक न्यूज कहिल्यै नहटाउने बरु न्यूज फिडमा पछाडी धकेल्न सकिने बताएको छ ।

यसको मतलब फेसबुकमा फेक समाचार पूर्ण रुपमा डिलिट नहुने तर धेरै अडियन्समाझँ धेरै कम देखिने हो । सिएननले सोधेको प्रश्नको जवाफ दिदैँ फेसबुकले भनेको छ, ‘मान्छेहरुको आवाज बुलन्द गर्नका लागि हामीले फेसबुक बनाएका हौै, हाम्रो नियम विरुद्ध बाहेक अरु कुराहरुलाई फेसबुकबाट कुनै पनि हालतमा हटाईदैँन् ।’
फेसबुकको ट्वीट हेर्नुहोस्:-