खेलकुद

दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो शुरु

काठमाण्डौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपराष्ट्रपति नन्दवहादुर पुनले शुक्रवार उद्घाटन गनुभएको छ । नेपाल इन्टरनेश्नल तेक्वान्दो संघको आयोजनमा संचालन भएको प्रतियोगिताको पहिलो दिन नेपालकी सोनी खड्का र तुलसा राजथलाले स्वर्ण जितेका छन् ।

सोनीले महिला सिनियर ब्लक बेल्ड तेश्रो डानमा स्वर्ण जित्दा तुलसाले महिला सिनियर ब्लक बेल्ड चौथो डानमा स्वर्ण हात पारेकी हुन् । त्यस्तै महिला सिनियर ब्लक बेल्ड दोश्रो डानमा निस्मा बस्यालले स्वर्ण हात पारिन् ।

पुरुष सिनियर ब्लक बेल्ड पाँचौ डानमा नेपालका खेमवहादुर क्षेत्रीले स्वर्ण जिते । तीन दिने प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्क्मििनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण,१५० रजत र ३ सय कास्य पदकका प्रतिस्पर्धा गदैछन् ।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा इभेन्टहरु समाबेश गरिएको छ ।

उद्घाटनका अवसरमा आयोजक नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलाले उपराष्ट्रपति पुन समक्ष मायाको चिनो प्रदान गरेका थिए ।

सोही अवसरमा उपराष्ट्रपति पुनले युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ,संघीय सभासद् नारायण प्रसाद खतिवाडा,पुर्व मन्त्री कर्ण थापालगायतलाई मायाको चिनो प्रदान गरेका थिए । असार ३१ गते सम्म हुने प्रतियोगिताको अनुमानित खर्च ४० लाख रहको छ ।