समाचार

गंगामायाले ५ बुंदे समझदारी कार्यन्वयन गर्ने कानूनमन्त्रीको पत्रपछि तोडिन अनसन

काठमाण्डौ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कानूनि कारबाहीको माग राखी अनशन स्थगीत गरेकी छन् । सोही मागले आफ्ना पति गुमाउन पुगेकी गंगामायाले राष्ट्रिय मानबअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस पीएर आफ्नो अनशन तोडेकी छन् ।
कानून मन्त्री शेरबहादुर तामागंले ०७२ साल असोज महिनामा एका सरकारसंगका ५ बुंदे सहमती पुरा गर्ने लिखित प्रतिबद्धता जनापछि उनले १० दिनका लगी अनसन तोडेको बताएकी छन् । माग पुरा भएन भने आफूले पुन अनसन बस्नुपर्ने दिन आउने उनको भनाई छ । इन्शेकका अध्यक्ष सुबोधराज प्याकुरेलसमेत सहभागी भएको उक्त अनशन तोडाउने कार्यक्रमको सामाजिक सञ्जालमा सरकारको सही कदमको रुपमा चर्चा हुन थालेको छ । गंगामायाका छोरा नूरप्रसाद अधिकारी समेत बेपत्ता छन् ।
उनी जेठ १५ देखी अनशनरत थिईन् ।