समाचार

सहकारी सम्बन्धी मुद्दामा फरार रहेका प्रतिबादी पक्राउ

काठमाण्डौ । सहकारी सम्बन्धी प्रहरीको टगी मुद्धामा परेका दुईजनालाई नेपाल प्रहरीको अपराध अनुसन्धान बिभाग महाराजगञ्जले पक्राउ गरी कारागार पठाएको छ । ललितपुर जिल्ला अदालतको २०७३ साल चैतमा भएको फैसलाले ठगी मुद्दाका प्रतिवादीहरु जिल्ला ललितपुर बस्ने तात्कालिन बाग्मती बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष दिपक थापा समेत भएको बिभिन्न चार वटा ठगी मुद्दाहरुमा जम्मा १ बर्ष कैद र रु ९६ लाख ८८ हजार ९०० र जरीवाना ठहर गरेपनि निजहरु फरार थिए ।

फरार रहेका निज दिपक थापालाई यस केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले मिति २०७५ साल असार २८ गते ललितपुरको सैंवुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाईएको अपाराध अनुसन्धान महासाखाले जनाएको छ ।

प्रतिबादी दिपक थापा समेतका संचालकहरुले बाग्मती बहुउदेशीय सहकारी संस्था र मञ्जुश्री सहकारी संस्थालाई मर्ज गरेको भनी २०८ जना सर्वसाधारण ब्यक्तिहरुबाट संकलन भएको जम्मा निक्षेप रकम रु ३ करोड २६ लाख ६६ हजार ७९० रुपैयाँ फिर्ता नगरी उल्लेखित सहकारी संस्थाहरु बन्द भयो भनेर ठगी गरी सम्पर्क बिहिन भएको आरोप लागेको थियो ।