स्वास्थ्य

दाजुभाईको मायाः एकै दिनमा २ दाजुको मृगौला भाइलाई !

अतिन आचार्य/ काठमाण्डौ । छत्र बहादुर र युसुफले आ–आफ्नो भाइलाई मृगौला दान दिएका छन। असार ६ गते एकैदिन बुधबार महाराजगन्ज स्थित शिक्षण अस्पतालमा शल्यक्रिया गरी दाजु छत्र बहादुर गुरूङले भाइ चित्र बहादुर गुरूङलाई र युसुफ मन्सुरीले आफ्नो भाइ इलियास मियालाई मृगौला दिएका छन्।

तेह्रथुम छथर गाउँपालिका –१ का दाजु छत्रबहादुर गुरूङ सामान्य मध्यम परिवारका र किसान पेशा अपनाएका छत्र बहादुर गुरूङ। भाइलाई मृगौला दिएर नयाँ जीवन दिएर बाबू र आमाको काम गरेका छन। ‘जब भाइको दुवै मृगौला खराब भएको थाहा पाए मेरो मन भक्कानीएर आयो।’ भाइलाई सम्झे र भाइको सानो बच्चाहरूलाई सम्झे, यदि भाइलाई केही भयो भने त यी सानो नानीहरूको बिजोग हुने भयो भनेर मैले भाइको मृगौला खराब भएको थाहा पाउने बितिकै देखि मैले भाइलाई मृगौला दिने निर्णय गरेको हो भनेर छत्र बचाउछन्। हामी बिच सम्बन्ध जहिले राम्रो थियोे कहिले मनमुटाव भएन।भाइको जीवन हो मैले एउटा मृगौला दिदा भाइ र भाइको परिवारमा खुुसीको हाँसो देख्छु भने मैले मेरो मृगौला दिने गरेको हो।

‘मलाई मेरो दाजुले नयाँ जीवन दिए जस्तो भएको छ। मृगौला कहिले खराब भयो भन्दा उनी भन्छन् फागुन २१ विराटनगरको नोबल अस्पतालमा खुट्टा सुनिएकोले चेक गर्न जाँदा २ वटा मृगौला खराब भएको थाहा पाए। तर आज म खुुसी छु मेरो भगवान जस्तो दाजुले मृगौला दिनुभएको छ म अत्यन्तै खुसी छु।मैले जीवनमा कहिले हरेश खाइन मेरो दुईवटा मृगौला खराब भएपनि जहिले बाच्छु भन्ने आशा आइरहन्थो मेरो मनमा। अलिअलि दोधार भएपनि अहिले जीवनप्रती ढुक्क छु। भाइ भन्छन हामी दाजुभाइ छुट्टाछुट्टै छुटिएर बसेपनि कहिले हामी बिच नराम्रो भएन। दाजु भनेको बाउआमा पछाडिको अभिभावक हो भन्थे आज आएर मलाई त्यस्तै प्रमाणित भएको छ।’ भाइ छत्र गुरूङ बताउछन्।

दाजु छत्र गुरूङको परिवारमा श्रीमती २ छोरा र १ छोरी गरेर जम्मा ५ जना छ भने भाइ किरण गुरूङको श्रीमती १ छोरा र छोरी गरेर जम्मा ४ जना छन्।
सुनसरी बर्जुगाउँपालिका ६ का युसुफ मन्सुरीले भाइलाई मृगौला दिएको छन्।

सुनसरीका बर्जुगाउँपालिका –६ बस्ने गाउँमा किसान गर्ने र टयाक्टर कुदाउने पेशा गरेका युसुफ मन्सुरी समाजमा सामाजिक कार्य र राजनीतिमा पनि रुचि राख्ने। ‘मेरो भाइको ज्यान अब नरहने भयो र हामी एउटै आमाको सन्तान हौ र मेरो आँखा अगाडि भाइको ज्यान तलमाथि हुने हुदा मलाई असह्य भयो।’ यस्तो बेलामा मेरो २ वटा छ एउटा दिदा भाइको जीवन रक्षा हुन्छ भने किन नदिनु त्यही भएर मैले मेरो भाइलाई मृगौला दिएकोुअहिले कस्तो महसुस भएको छ भन्दा उनी बताउछन् मेरो खुदाले मलाई सजिलो महसुस गराएको र ठूलो शक्ति पाएको छु। युसुफ मन्सुर हाल महाराजगन्जको सगरमाथा गेष्ट हाउसमा आराम गरिरहेका छन्।

इलियास मिया मृगौला पाएदेखि अहिले पनि महाराजगन्ज स्थित शिक्षण अस्पतालको बेड नम्बर ५०५ मा बसेर उपचार गराइरहेका छन्। इलियास मिया गाउँमा खेती किसानी गर्छन्।अहिले कस्तो छ मृगौला पाएपछि भन्दा अहिले ठिकै छ दुखाइ छ। बेला–बेलामा धेरै दुख्छ। ‘मृगौला पाएको छु बाच्छु भन्ने धेरै आशा पलाएको छ।’ हामी दाजुभाइको सम्बन्ध धेरै राम्रो भएको छ आज सम्म मलाई दाजु एक शब्द गाली गरेको छैन।
युसुफको परिवारमा जम्मा श्रीमती, छोरा ४ र ४ छोरी गरेर १० जना छन् भने भाइ इलियास मियाकोमा ४ छोरा, १ छोरी र श्रीमती गरेर ७ जना छन्।