खेलकुद

विश्वकप: हार्ने सबै देशलाइ कम्तीमा पनि करोडौँ पुरस्कार, विजेताले ट्रफीसहित कति पाउँछ ?

काठमाडौं । २१ औ संस्करणको विश्वकप समापनको संघारमा रहेको छ । आइतबार फ्रान्स र क्रोएसियाबीच फाइनल प्रतिस्पर्धा हुने भएको हो । विश्वकपमा जित्नेले मात्रै नभएर हार्नेले समेत नगद राशिको पुरस्कार दिइने फिफाले बताएको छ । विश्वकप प्रतियोगितामा सहभागिता जनाएका सबै ३२ टोलीलाइ पुरस्कार दिइनेछ ।

७ औं देखि ३२ औं स्थान हुने राष्ट्र १६ राष्ट्र विश्वकपमा गरेको गोल, खाएको गोलको आधारमा फिफाले समूह चरणबाट बाहिरिने राष्ट्रको स्थानको टुंगो लगाउँछ । बाहिरिने १६ वटा टोलीले ८ मिलियन अमेरिकन डलर पाउँछन् । उक्त रकम तयारी खर्चको लागि भनेर दिइन्छ । ९ औं देखि १६ औं स्थान बनाउने ८ राष्ट्र विश्वकपमा समूह चरण पार गरेर क्वार्टरफाइनलमा स्थान बनाउने ८ राष्ट्रले प्रतिराष्ट्र १२ मिलियन अमेरिकी डलर पाउँछन् । सन् २०१४ को विश्वकपमा उक्त रकम मात्रै ९ मिलियन डलर रहेको थियो ।

५ औैं देखि ८ औैं स्थान बनाउने ४ राष्ट्र विश्वकपमा ५ औैं देखि ८ औं स्थान बनाउने राष्ट्रले प्रतिराष्ट्र १६ मिलियन अमेरिकी डलर पाउँछन् । ब्राजिल विश्वकपमा उक्त रकम १४ मिलियन मात्रै थियो । चौथो स्थान बनाउने राष्ट्र विश्वकपमा चौथो स्थान कायम गर्ने राष्ट्रले २२ मिलियन अमेरिकी डलर पाउँछन् । यस अघि उक्त रकम २० मिलियन डलर मात्रै रहेको थियो ।

तेस्रो स्थान बनाउने राष्ट्र तेस्रो स्थान बनाउने राष्ट्रले २४ मिलियन डलर पाउँछन् । यसअघि उक्त रकम २२ मिलियन डलर रहेको थियो । उपविजेता विश्वकपको उपविजेता राष्ट्रले २८ मिलियन डलर रकम पाउँछन् । उक्त रकम यसअघि २५ मिलियन रहेको थियो ।

विजेता विश्वकप विजेता राष्ट्रले ३८ मिलियन अमेरिकी डलर हाता पार्छ । उक्त रकम यसअघि ३५ मिलियन मात्रै थियो । यसपटकबाट ३ मिलियन अमेरिकी डलर बढाइएको हो । फिफाले विजेता तथा सहभागी राष्ट्रहरुलाई जम्मा ४ सय मिलियन अमेरिकी डलर खर्च गर्छ । सन् २०१४ को ब्राजिल विश्वकपमा उक्त रकम ३ सय ५८ मिलियन डलर रहेको थियो ।