आर्थिक

एचएच बजाजको नयाँ शोरुम शुभारम्भ

काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थपबढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा आटो जोन, सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्यभूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउनेछ । एचएच बजाजले कँहिकतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी नयाँशोरुम संचालनमा भएको घोषणा गर्न पाउदाँ निकै खुशी देखिएको छ ।

ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई सिराहामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको बताएको छ । जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने विश्वास समेत व्यक्त गरेको छ । एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।