राजनीति

आफ्नै कार्यकर्ता कुट्ने नेविसंघका नेता प्रेमबहादुर समातिए

काठमाडौं । आफ्नै दुइजना कार्यकर्ता कुटेको आरोपमा कांग्रेस सम्बद्ध संस्था नेपाल विद्यार्थी संगठन (नेविसंघका) नेता समातिएका छन् । क्यापसमै संघका कार्यकर्ता प्रकाश खड्का र जगदीश भट्टलाई कुटपिट गरेको आरोपमा केन्द्रिय सदस्य प्रेम बहादुर शाहीलाई प्रहरीले समातेको हो ।

उनीमाथि सार्वजनिक मुद्धामा म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको छ । गएराती पक्राउ परेका शाहीलाई कीर्तिपुरमा प्रहरी बृतमा राखिएको छ ।