राजनीति

प्रदेशको पूर्वाधारमा जोड दिनुपर्ने उपसभापति निधिको भनाइ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयताको प्रभावकारी कार्यान्वयन नहुने भन्दै प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।

उपसभापति निधिले आज बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल भ्रमणमा रहुनभएका फोरम अफ फेडेरेशन्सका एसिया/अष्टे«लिया निर्देशक फिलिप गोन्जालेजसँग भएको भेटमा प्रदेशको पूर्वाधार विकासमा जोड दिएका हुन् ।

उनले पर्याप्त साधन स्रोतबिना प्रदेश सरकारलाई काम गर्न कठिनाइ हुने उल्लेख गर्दै प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी समृद्धिका आधार खोज्नुपर्ने विचार व्यक्त गरे।

सो अवसरमा निर्देशक गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेसन्सले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्वाधार र जनप्रतिनिधिको सशक्तीकरणमा जोड दिनुपर्ने उल्लेख गरे ।

सुशासनका क्षेत्रमा कार्यरत फोरम अफ फेडेरेशन्सका अन्तर्राष्ट्रिय संस्थामा क्यानाडा, अष्टे«लिया, जर्मनी, स्वीट्जरल्याण्डलगायतका १० राष्ट्र आबद्ध छन् ।