कृषि

अनुदानमा यान्त्रिक हलो

बागलुङ । कृषिमा यान्त्रिकीकरण बढाउन जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो (मिनिटिलर) प्रदान गरेको छ । यान्त्रिक हलो पाउनेमा नगरपालिका भित्रका कृषि समूह, सहकारी र व्यावसायिक कृषक रहेका छन् । चालु आवमा माग भएअनुसार १० वटा ‘मिनिटिलर’ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

वडा नं ७ को धवलागिरि कृषि सहकारी, वडा नं ३ को प्रगतिशील कृषक समूह, वडा नं ५ को सूर्यदल कृषक समूह तथा वडा नं ३ का सूर्यबहादुर पुन, २ का गंगाधर सापकोटा, ५ का तिलबहादुर जिसी, ८ का होमनाथ पौडेल, शिव शर्मा र नरबहादुर पुन तथा वडा नं १० का नरबहादुर श्रीसलाई यान्त्रिक हलो प्रदान गरिएको हो ।

रु ५० हजार पर्ने यान्त्रिक हलो कृषकले रु २५ हजारमा पाएका हुन् । नगरपालिकाले आगामी वर्ष पनि कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गर्ने छ । कृषकलाई ११ हजार कागती र सुन्तलाका बिरुवा निःशुल्क वितरण गरिएको छ ।