सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा बाढिको फोटो राखेर पानीजहाजको कुरा गर्नेलाई तत्काल कारवाही गर्न मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमा बाढिको फोटो हालेर मानवीय विपत्तीमाथि खेलवाड गर्नेको नाममा साइबर क्राइमको मुद्धा हालेर कारवाही गर्न माग गरेका छन् । बिहिबार संघीय संसदमा बोल्दैँ सांसद बस्नेतले बाढिको फोटो राखेर पानीजहाजको कुरा गर्नेमाथि कडा कारवाहीको माग गरेका हुन् ।

भक्तपुरमा आएको भिषण बाढिमा स्थानिय जनता पिडामा डुबेको बताउदैँ उनले त्यहाँको फोटाहरु फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा राखेर पानी जहाजको कुरा गर्नु निन्दनीय कुरा भएको बताए ।

‘भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलिरहनुभएको छ, सांसद बस्नेतले भने, कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’ ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’

उनले यस्तो गर्नेलाई कडा कारवाही गर्न सञ्चार मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।