विचार/ब्लग

महिलाहरुलाई सन्तान उत्पादन केन्द्र र पुरुषहरुको मनोरन्जको साधनको रुपमा प्रयोग गर्ने चलन अझैँ पनि हटेको छैन

गीत भण्डारी/ विश्वका धेरै देशहरुमा जस्तै नेपालमा पनि महिला पुरुष बिच धेरै भेदभाव छ । नेपालका महिला धेरै जसो क्षेत्रमा पछाडिएका छन् । महिलाहरु पुरुषभन्दा धेरै पछाडि छन् । महिलाहरुको शैक्षिक स्तर, राजनीतिमा भएको सहभागिता, अन्य संघ सस्था वा सरकारी क्षेत्रको सहभागिता उत्साहजनक देखिदैन ।

पछिल्लो समयमा महिला अधिकारका पक्षमा कतीपय कानूनहरु संबिधानले नै निर्माण गरेपनि ब्याबहारिक रुपमा लागू हुन सकेका छैनन् । कानूनहरु कितबमा नै  सिमित रहेको पाइन्छ । अधिकाँस स्थान गाउ नै गांउले भरिएको मुलुक नेपालमा धेरै जसो ग्रामिण भेग तिर महिला हिंसा भएका समाचारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रका पत्रपत्रिकामा आउने गरेको छ । सर्बसाधारणहरुहरु भन्छन् महिला हिंसा वास्तमा ग्रामिण भेगमा मात्र नभई जता ततै भइरहेको छ । काठमाण्डौँ जस्तो शहरमा त अझैँ महिला माथि हुने घरेलु हिंसा रोकिएको छैन ।

अधिकाँस शिक्षित मानिसहरु महिला हिंसा गर्नुहुन्न भन्ने थाहा हुदा हुदै पनि एउटा कमजोर महिला माथि हात उठाएर आफ्नो नामर्दपन समेत देखाउन खोज्छन् । हाम्रै समाज घर परिवारले हो महिलाहरु पछि परेका हुन् । महिलाहरुलाई सन्तान उत्पादन केन्द्र र पुरुषहरुको मनोरन्जको साधनको रुपमा प्रयोग गर्ने चलन अझैँ पनि हटेको छैन । समाजले बुझ्न जरुरी छ कि महिलाहरु बच्चा जन्माउने र मनोरन्जनको साधन मात्र नभई महिला एउटा पवित्र नारी हुन्, आफ्नी आमा हुन्, दिदीबहिनी हुन्, देवी जस्तो पवित्रता भएकी नारी हुन् ।

तर के गर्नु पुरुषप्रधान देश न पर्यो नेपाल । बिबाह पछि छोरी जन्मियो भने भने उल्टै घर परिवार, सासु, ससुरा अनि श्रिमानले कुटपिट गर्ने यातना दिने, सताउने, घरैबाट निकाल्ने अर्को विवाह गर्ने जस्ता क्रियाकलाप गर्छन् । अझैँ पनि हाम्रो देशमा छोरा मान्छेलाई स्कुल पढाँउने अनि छोरीलाई चाहिँ घरमै चुलो –चौका गर्नुपर्छ , अलि समृद्ध परिवारले छोरालाई अलि महंगो स्कुल भर्ना गर्ने तर छोरीलाई सस्तो र कम पढाई हुने स्कुल भर्ना गर्ने चलन स्थापीत नै भईसकेको छ । त्यसैले सुदूर पश्चिममा त छाउपडीजस्ता डरलाग्दा संस्कारले बिश्वमानचित्रमा समेत नेपालको ईज्जत र प्रतिष्ठा गुमेको छ । हाम्रो देशमा महिलामात्र नभएर सानो जात र ठूलो जात भन्ने चलन समेत हटेको छैन ।

जातभातको धेरै भेदभाव छ । छोरा छोरीमा यस्तो भेदभाव छ कि छोरालाई चाहिँ आफ्नो बुढेसकालको साहारा मान्ने, छोराले नै बुढेसकालमा साहारा दिने र छोरी मान्छे भनेको अर्काको नासो हो भनि समाजका अगुवाले नै सोच्नै गर्दछन् । छोरीले पढेर के गर्छन्, भोलि अर्काको घर त जान्छे, हामीलाई काम लाग्ने होइन भन्ने जस्तो सोचले गर्दा नै महिलाहरु पछि परेका हुन् । मेरो बिचारमा नेपालमा महिलालाई धेरै गाह्रो छ । स्वतन्त्र रुपमा बस्न पाउँदैनन्, बाहिर निस्कन पाउँदैनन् । महिला मान्छे एक्लै बाहिर निस्के पछि डरै डरले निस्कन्छन् कसैले के भन्ने हो जिस्क्याउनेपो होकि भन्ने डर उनिहरुमा रहिरहन्छ । एकल महिलालाई हाम्रो समाजमा हेप्ने होच्यार बोल्ने गर्छन् । जति काम भए महिलालाई पछाडि पार्ने त्यो सब हाम्रा देशको पुरुषप्रधान समाजले बनाएको नियम हो ।

“हाम्रो देशमा यस्ता कु–प्रथाहरु धेरै रहेका छन्, दाईजो प्रथा, छाउपडी प्रथा, बालविवाह, पुनःविवाह, बहुविवाह अनुमेलविवाह, देउकी प्रथा आदि हुन् । जहाँ गए पनि एउटी महिला माथि नै किन अन्याय, अत्याचार हुन्छ । कहिले रोकिन्छ महिला माथि हुने घरेलु हिंसा, दुरव्यवार, अन्याय, अत्यचार अब हामी आफैँले यसको अन्त्य गर्नुपर्छ । अब हामीहरुले पुरुष वा समाजको डरले खुुम्चिए बस्नु हुदैन्, महिलाले पनि केहि गर्न सक्छौं भनेर देखाउनुपर्छ ।”

महिलाहरुले विगतदेखि घरधन्दामा आफ्नो समय विताउने र बाहिरी कामको लागि पुरुषको भर पर्ने चलनले गर्दा महिलालाई कमजोरको रुपमा हेर्ने गरियो । बाहिर–बाहिर महिलाको लागि ठुलठुला कुरा गर्ने, महिला स्वतन्त्र रुपले बाच्न पाउनुपर्छ भन्नेजस्ता भाषण गर्दै हिन्ने त्यहि मान्छे घरमा गएर आफ्नौ श्रिमतीलाई कुट्ने, गालीगलौज गर्ने, अत्याचार गर्ने, दुरव्यवार गर्ने गर्दछन् । महिलाहरुलाई बोक्सीको आरोप लगाएर यातना दिने घटना पनि नौला होईनन् । अझैँ पनि महिलालाई बोक्सी भन्ने अन्धविश्वासी परम्परा देख्न छाडिएको छैन । केहिदिन अगाडि कैलालीको टिकापुरमा त्यहि घटना घटेको थियो । एउटी निर्दोष महिलालाई बोक्सीकै आरोपमा उसलाई कुटपिट् गरे, यातना दिए अनि गालीगलौज समेत गरेका थिए । एउटा महिलालाई त्यति गर्दा पनि महिलामाथि हुने घरेलु हिंसा, बलात्कारका जस्ता घटना पनि रोकिएको छैन ।

धेरै भयो महिला माथिको दुरव्यवहार अब हामीले आफ्नै घरबाट शुरुवात गरे विस्तारै–विस्तारै महिला माथि हुने हिंसा कम हुदै जान्छ । महिलाको इज्जत, सम्मान गरे पो सभ्य मानिस बन्न सकिन्छ । “महिला हिंसा छोडि सभ्य नागरिक बनौँ ।”