समाचार

मौसमबारे महाशाखाबाट आयो यस्तो डरलाग्दो खबर !

काठमाडौं । यो हप्ताभरी भारी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । महाशाखाले यो हप्ता बर्षाले उत्पात मच्चाउने सबैलाई सतर्क रहन आग्रह गरेका हुन् । महाशाखाका अनुसार मनसुन सक्रिय भएकाले देशैभर भारी बर्षाको सम्भावना रहेको छ ।

बिहिबार दिउसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले छ । साँझ र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । बिहिवार राती देशको मध्य र पश्चिमी भू–भागका केहि स्थानमा र पुर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जनाएअनुसार शुक्रबार दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भ–भागका अधिकांश स्थानहरुमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ ।

शुक्रबार साँझ र राती देशभरिनै बदलि रही हल्का देखी मध्यम खालको बर्षा हुने देखिन्छ । शुक्रबार दिउँसो र राती देशको मध्य र पश्चिमी भ–भागका केहि स्थानमा र पुर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असार ३० गते (शनिबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू(भागका धेरै स्थानहरु र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राती पनि देशभरिनै बदलि रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुने महाशाखाको अनुमान छ । देशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।