पु.समाचार

गृहमन्त्री थापाको नजर ट्रिपरमाथि, दिउसोँ चलाउन नपाइने

काठमाडौं । सरकारले राती ८ बजेदेखि उपत्यकामा ट्रिपर सञ्चालनमा रोक लगाएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी गृहमन्त्रालयले निर्देशन जारी गरेको हो ।

साउन १ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा अब राती ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् ।

गृहमन्त्रालयको यो निर्णयपछि केही हदसम्म भएपनि दुर्घटना कम आउने विश्वास गरिएको छ । ट्रिपरका कारण असार महिनामात्रै करिब सय बढी दुर्घटना भएको सरकारी तथ्याङ्क रहेको छ ।  ट्रिपरका कारण दुर्घटना बढेपछि गृहले यस्तो कदम चालेको हो ।