राजनीति

एउटा समूहले महाधिवेसन घोषणा गरेपछि नेविसंघमा हंगामा मच्चियो

काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) को आन्तरिक विवाद झन् झन् चर्किर्दै उत्कर्षमा पुगेको छ ।

संगठनका अध्यक्ष नैनसिंह महरको कार्यशैली र कार्यसम्पादनमा अन्तुष्टी जनाउदैँ उपाध्यक्षहरुले महाधिवेसनको मिति नै तोकेपछि विवाद चर्किएको हो ।

बुधबार केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बैठक बसेको छ । उक्त बैठकले कीर्तिपुरमा २३ देखि २५ गते देखिसम्म महाधिवेसन गर्ने निर्णय गरेपछि विवाद झन् चर्किएको छ ।

झन्डै ८७ जना केन्द्रिय सदस्यहरुको उपस्थितीमा १२ औँ महाधिवेशन घोषणा गरिएको केन्द्रिय कोषाध्यक्ष शिव रिमालले  बताए । बैठकले महाधिवेसनका लागि भन्दै १३ वटा उपसमितिहरु गठन गरेको कोषाध्यक्ष रिमालले बताए । बैठकमा वरिष्ठ उपाध्यक्ष प्रकाश राना, महामन्त्री कुन्दन काफ्ले र बाँकी उपाध्यक्षत्रय नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारी लगायत नेविसंघका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यस्ता छन् निर्णयहरु:-