मनोरञ्जन

‘बाबुकान्छा’ को अर्को गीत “मेरो पहिलो प्रेम” बजारमा (भिडियो)

काठमाडौ । असार २९ गते बाट रिलिज हुन लागेको चलचित्र ‘बाबुकान्छा’ फिल्मको गीत सार्वजनिक गरिएको छ “मेरो पहिलो प्रेम ” बोलको उक्त गीतको भिडियोमा फिल्मकै कलाकारहरू सलोन बस्नेत, करिश्मा श्रेष्ठले अभिनय गरेका छन ।

गीतमा कमल खत्री, सुधा रत्नको स्वर रहेको छ । युवा पुस्तामा गीत निकै लोकप्रिय बन्ने कुरामा निमार्ण पक्षले अपेक्षा गरेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सलोन बस्नेतले ‘बाबुकान्छा’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए । गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले तयार पारेका हुन् ।

फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ, सोनिका रोकाया लगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।
हेर्नुहोस भिडियोः–