आर्थिक

नेपाल इन्भेष्टमेण्टको चारवटा जिल्लामा शाखा विस्तार

काठमाडौं । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले स्थानीय तह अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार नेपाल इन्भेष्टमेण्ट बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी चारवटा जिल्लामा थप शाखा विस्तार गरेको छ ।

जुम्लाको हिमा गाउँपालिका स्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिका स्थित झोता, प्यूठानको नौ बहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा क्रमशः ७४ औं, ७५ औं, ७६ औ र ७७ औं शाखा खोलेको हो ।

अब प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३५ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ११ वटा, प्रदेश नम्वर ६ मा ५ वटा र प्रदेश नम्वर ७ मा ५ वटा शाखा पुगेको छ ।

४५ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गरेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १ सय १ वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५७ वटा शाखा रहित बैंकिङ्ग सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको छ ।