समाचार

पोखरा महानगरका अधिकृत ओमराज पौडेलको अझैँ अत्तोपत्तो लागेन,  मोबाइलमा ६८ पटक फोन हान्नेबारे सनसनीपूर्ण खुलासा (भिडियो)

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिका कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल विगत केहि हप्ता देखि सम्पर्क विहिन भएका छन । उनको खोजी कार्यमा सबै जुट्न पोखरा लेखनाथ महानगरपालिका कार्यालयले आज (शनिबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आव्हान गरेको हो ।

पौडेलको घर परिवार, महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की सहित सिंगो कास्कीको सुरक्षानिकाय खटिदा पनि उनको बारेमा हालसम्म कुनै जानकारी प्राप्त नभएको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले जनाए ।

प्रमुख जिसीले पौडेललाई काममा प्रेसर दिएका कारण घट्ना घटेको भन्ने आरोप तथ्यहिन भएको दाबी गरे । यसअघी नेपाली कांग्रेस र स्थानिय तह कर्मचारी युनियन नेपालले विज्ञप्ती निकाल्दै महानगरपालिकामा काममा परेको दवाब र टर्चर दिदा घट्ना घटेको आरोप लगाएको थियो ।

मेयर जिसीले अधिकृत पौडेल वेपक्ता भएको बिषयमा आफुहरु गम्भिर भएको बताउदै उनी बेपक्ता हुनुमा महानगरपालिका र आफुहरु कुनै कारणले पनि दोषि नरहेको प्रष्ट्याएका हुन।