प्रवास

सिसाको अध्यक्षमा नेपाली विद्यार्थी सापकोटा पुन: निर्वाचित

काठमाडौं । अष्ट्रेलियामा पढ्ने विभिन्न देशका विद्यार्थीहरूको छातासंगठन सिआइएसएको अध्यक्षमा नेपाली विद्यार्थी विजय सापकोटा दोश्रो कार्यकालको लागि निर्वाचित भएका छन् । यहाँ पढ्ने सबै देशका विद्यार्थीहरुको हकहितमा काम गर्दै आईरहेको सिआइएसएको निर्वाचन मंगलबार सम्पन्न भएको हो ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएलगत्तै कार्यक्रममा बोल्दैँ आफूलाई निर्वाचित गर्ने सबैलाई धन्यवाद दिएका छन् । आफूले पहिलो कार्यकालमा नजानेर भएका गल्तीलाई समेत नयाँ कार्यकालमा सुधार्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले नवनिर्वाचित कमिटिले बिद्यार्थीहरुको हित हुने काममा कटिबद्ध हुने बताए ।