पु.समाचार

सिण्डिकेटविरुद्ध नयाँ बसपार्कमा गर्जिए गृहमन्त्री थापा !

काडमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले सिण्डिकेट अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताएका छन् । काठमाडौंको नयाँ बसपार्कमा आयोजित कार्यक्रममा बोल्दैँ गृहमन्त्री थापाले यातायात क्षेत्रमा अझैँ सिण्डिकेट बाँकी रहेको कुरा गाईगुई सुनिने गरेको र त्यो दुःखद भएको बताएका हुन् ।

देशलाई विकास र समृद्धितिर उन्मुख गराउन यातायात क्षेत्र सुदृद्ध र व्यवस्थित हुनु नितान्त आवश्यक रहेको गृहमन्त्री थापाको भनाई थियो । सरकारले यातायात क्षेत्रलाई छिटो, छरितो र व्यवस्थित बनाउने निर्णय गरेको र यसको पूर्ण कार्यान्वयनमा यातायात व्यावसायीको साथ सहयोगको अपेक्षा गरेको बताए ।

‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं, त्यसलाई हामी सिण्डिकेट भनिन्छ, त्यसबाट सबै नेपालीलाई समृद्ध बनाउन सकिन्छ तर निश्चित रुपमा सकिदैन’ थापाले भने, ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी छ । त्यसमा गुणात्मक परिवर्तन गर्न जरुरी छ ।’

देशमा विकास र समृद्धिका लागि यातायात क्षेत्र आगामी दिनमा सुव्यवस्थित बनाउनुको विकल्प नभएको बताए ।