समाचार

मन्त्री अधिकारी र कंसाकारतर्फ संकेत गर्दै नेता गुरुगं भन्छन्, ‘वाईड बडी खरिदमा भ्रटाचार भयो’

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले वाईड बडी खरिदमा भ्रष्टाचार भएको दाबी गरेका छन् । देखेको कुरा बोल्न नडराउने स्वभाब भएका पार्टीभित्रका समेत प्रतिपक्षी देखिने युवा नेता गुरुगंले उक्त खरीदमा भ्रष्टाचार भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत हेलो सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।

उनले सम्झौता गर्दा ठुलो जहाज खरीद गर्ने सम्झौता गरिएको तर खरीद गर्दा सानो गरिएकामा ध्यानाकर्षण भएको देखाउदै छानबिन गर्न माग समेत गरेका छन् । नेपाल बायुसेवा निगमका प्रमुख सुगत रत्न कंसाकार र पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सरोकारवालातिर उनको संकेत देखिन्छ । उनले भनेका छन्,

“वाइड बडी जहाजको सम्झौता गर्दा जुन टेक अप क्षमताको सम्झौता गरिएको थियो सोहि सम्झौता बमोजिमको नल्याएर कम क्षमताको जहाज ल्याएको कुरा स्पष्ट भयो। सम्झौता बमोजिमको नल्याउनु के हो? भ्रष्टाचार हो कि होइन?@Hello_Sarkar”