साहित्य

भानु प्रष्ठिानले साहित्यिक दौड कार्यक्रमको आयोजना गर्दै

काठमाडौं । २०५ औँ भानुजयन्तीको अवसरमा साहित्यिक दौड कार्यक्रमको आयोजना गरिने भएको छ । शुक्रबार भानु प्रतिष्ठानले कार्यक्रमको आयोजना गर्न लागेको हो । ललितपुरस्थित साझा प्रकाशनको प्राङ्गणबाट प्रारम्भ भई नेपाल प्रज्ञाप्रतिष्ठानमा समापन हुने बताईएको छ ।

साहित्यिक दौड कार्यक्रममा प्रमुख धावकहरू भानुभक्तीय शैलीको पोसाकमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ । उक्त कार्यक्रममा विभिन्न साहित्यिक संस्थाहरूले रिले सहभागिता जनाउने अपेक्षा गरिएको छ । पुल्चोकबाट कोपुन्डोल, माइतीघर, भद्रकाली, सहिदगेट, नयाँ सडक गेट, रानीपोखरीको उत्तरमा अवस्थित भानु प्रतिमामा माल्यार्पण, भानु प्रतिमा स्थलबाट त्रिचन्द्र क्याम्पस, घण्टाघर, कमलादी गणेशस्थान हुँदै नेपाल प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा भानु प्रतिमामा माल्यार्पण गर्दै दौड कार्यक्रमको समापन गरिने जनाईएको छ । दौडको नेतृत्व साहित्यिक धावक लक्ष्मण सापकोटाले गर्ने जनाईएको छ ।

उनले यसअघि ६ हजार २ सय मिटर अग्लो इम्जात्से हिमाल, ६ हजार ६ सय ५४ मिटर अग्लो मेरापिक हिमाल आरोहण गरिसक्नु भएको छ र पूर्वमेचिदेखि प्रारम्भ गरी हालसम्म १ हजार ३ सय २० कि.मि यात्रा पार गरेर साहित्यिक धावकका रूपमा आफ्नो ख्याति स्थापित गरिसकेका छन । उनी भानुभक्तको रामायण साथमा लिएर सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा छन् ।

भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा ब्रतराज आचार्यले उक्त कार्यक्रममा उपस्थित हुन संस्घसस्था तथा सरोकारवालालाई आह्वान गरेका छन् ।