साहित्य

बेलायतमा गीत लेखन गोष्ठी

काठमाडौँ । भानुजयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले आइतबार गीत लेखन गोष्ठी सम्पन्न गरेको छ ।
साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा भएको गोष्ठीमा गीतकार भावेश भुमरीले गीत लेखनबारे प्रशिक्षण दिएका थिए । भानुजयन्तीका अवसरमा याक्यान्टवरी युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन तथा साहित्य महासङ्घ स्थापनाको आठौँ वार्षिकोत्सव मनाइँदैछ ।

आदिकवि भानुभक्तका बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले बोलेए । सम्मेलन सहसंयोजक विजय हितानले विश्व सम्मेलन मनाउन आयोजक तथा व्यवस्थापक समिति विस्तार गरी ५७ सदस्यीय बनाइएको जानकारी दिए ।
साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले सम्मेलन सम्पन्न गर्न सबैलाई सहयोगका लागि आह्वान गरे ।