सूचना प्रविधि

महिलाको समाचारलाइ प्राथमिकता दिनुपर्ने

काठमाडौँ । लैङ्गिकतासम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा संवेदनशील हुनुपर्ने धारणा सरोकार भएकाहरुले व्यक्त गरेका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा यहाँ आज आयोजित ‘सञ्चार माध्यमबाट हुने प्रकाशन तथा प्रसारणमा लैङ्गिक संवेदनशीलता’ विषय अन्तक्र्रियामा वक्ताहरुले संवेदनशीलता नअपनाउँदा पीडितलाई थप समस्या हुने बताए । साथै उनीहरुले जिम्मेवारीपूर्ण ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह पनि गरे ।

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले उत्पीडनमा पारिएका महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्न आमसञ्चार माध्यमसँग अपिल गरे ।

सचिव ठाकुरले २०७४ मंसिर २४ गतेदेखि आयोगले शुरु गरेको हेल्प लाइन सेवामा अहिलेसम्म करीब चार हजार लैङ्गिक हिंसासम्बन्धी सूचना आएको समेत जानकारी दिए ।

पत्रकार विष्णुकुमार प्रसाईंले शुरुदेखि नै महिला आयोग निष्क्रिय जस्तै भएको भन्दै आगामी दिन सक्रियता बढाउन आयोगलाई सुझाव दिए ।