सामाजिक सञ्जाल

मुकुन्देको फुटबलबारेको भविष्यवाणी मध्यरातमा भयो गलत सावित !

काठमाडौं । २१ औँ संस्करणको रसियामा जारी विश्वकपको महाकुम्भ २०१८ ले विश्व तातेको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । विश्वकपबारे विश्वव्यापी सामाजिक सञ्जालहरु प्रत्येक दिन रङ्गीएका छन् । नेपालमा फेसबुक तथा ट्वीटरमा नाम स्थापित गराईसकेका, समयसन्दर्भमा विभिन्न बिषयहरुमाथि विश्लेषण तथा टिकाटिप्पणीमा तिख्खर अभिव्यक्ती दिने मुकुन्द घिमिरे उर्फ मुकुन्दे विभिन्न बिषयमाथि भविष्यवाणीसमेत गर्दै आएका छन् । उनका केही भविष्यवाणी सत्य सावित हुदैँ आएका छन् भने केही गलत सावित हुदैँ आएका छन् ।

यसैक्रममा वर्तमान अवस्थामा चर्चामा रहेको विश्वकपबारे सुरुवात देखि नै मुकुन्देले गर्दै आएको भविष्यवाणी शुक्रबार राती आएर गलत सावित भएको छ । उनले २१ औँ संस्करणको विश्वकप सेटिङमा चलिरहेको र ब्राजिलको पक्षमा म्याच फिक्सिङ भएको भन्दैँ आएका थिए । उनको यो स्टाटस हेर्नुहोस्:-   

तर गएराती भएको क्वाटरफाइनल खेलमा ब्राजिल बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएको छ । यो सँगै मुकुन्देको यो विश्वकप ब्राजिलले जित्छ भन्ने भविष्यवाणीले फेल खाएको छ । आफ्नो भविष्यवाणी फेल भएकोबारे मुकन्दल्यान्डका अभियानकर्ता मुकुन्देले यस्तो प्रतिक्रिया दिएका छन् ।

यो स्टाटस हेर्नुहोस्:-

फेसबुक, ट्वीटर, युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमार्फत विश्वकपबारे विभिन्न भविष्यवाणी गरिदैँ आएका छन् । केही भविष्यवाणी मिल्दैँ आएका छन् भने केही भविष्यवाणीहरु गलत हुदैँ आएका छन् ।