सामाजिक सञ्जाल

कथित समाजवादमुखी शासक केपी र पिके मेडिकल दलाल हुनः खगेन्द्र संग्रौला

काठमाडौं । चर्चित लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड कथित समाजवादी शासक भएको आरोप लगाएका छन् ।

चिकित्सा शिक्षा र सेवालाई गुणस्तरीय बनाई गरिबमुखी बनाउनुपर्ने बताएका छन् । उनले एक ट्वीट गर्दै सरकारले निस्वार्थ भावनाले जनताका लागि लडिरहेका डा. गोविन्द केसीलाई चिसो छिडीमा थुनेको बताएका हुन् ।

चिकित्सा शिक्षा र सेवालाई गुणस्तरीय बनाई गरिबमुखी बनाउनुपर्ने भन्दै उनले ट्वीटमा लेखेका छन्, ‘चिकित्सा शिक्षा र सेवालाई गुणस्तरीय बनाऊ, चिकित्सा शिक्षा र सेवामा गरिबलाई पनि ठाउँ देऊ ।’

विश्लेषक संग्रौलाले नेकपा अध्यक्षद्धय ओली र दाहालमाथि आक्रोस पोख्दै टुवीटमा अघि लेखेका छन्, ‘यो समाजवादमुखी नारा लाउने डा. केसीलाई चिसो छिँडीमा थुनेर कथित समाजवादमुखी शासक केपी र पिके मेडिकल दलालको चरेसको थालमा मार्सीको भातमा मस्त । हैट्, तुच्छ स्वार्थको वेदीमा जनहितको यो बलिदान ।’

प्राध्यापक डा. गोविन्द केसी कर्णाली विज्ञान प्रतिष्ठानको स्तरोन्नती र प्रस्ताव गरिएको चिकित्सा शिक्षा बिधेयक पास गर्न नहुने लगायत माग राख्दैँ ४ दिनदेखि आमरण अनसनमा रहेका छन् । सरकारले भने केसीको अनसनबारे अहिलेसम्म औपचारिक धारणा बाहिर ल्याएको छैन् ।