विचित्र संसार

अनौठो शिशुको मृत्यु

धनगढी । कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताए ।

गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । “उनको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो, डा खनालले भने, तर बच्चा बँचेन ।”

शिशुको मृत्यु भए पनि उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।