विचित्र संसार

यी हुन् सय जना बलात्कारीको इन्टरभ्यु लिने युवती !

काठमाडौं । कुनै बेला विदेशी मिडियामा भारतीय युवती मधुमिता पाण्डेको निकै चर्चा थियो । २६ वर्षीया मधुमिता इंग्ल्यान्डको एग्लिया रस्किन युनिभर्सिटीमा क्रिमिनोलोजी डिपार्टमेन्टबाट पिएचडी गरिरहेकी छिन् ।

पिएचडी थेसिसका लागि मधुमिताले भारतका सयजना बलात्कारीसँग भेटिन् र उनीहरूको इन्टरभ्यु गरिन् । पछिल्लो तीन वर्षमा उनले सयजना बलात्कारीको इन्टरभ्यु गरेकी हुन् ।

मधुमिताले सन् २०१३ बाट इन्टरभ्यु गर्न सुरु गरेकी थिइन् । केही महिनाअघि मात्रै भारतमा एउटा ‘ग्याङ रेप’ भएको थियो । जसको निकै विरोध र चर्चा पनि भएको थियो ।

आफ्नो थेसिसको विषयमा मधुमिताले मिडियालाई भनेकी थिइन्, ‘१२ डिसेम्बर २०१६ मा दिल्लीमा एक ‘ग्याङ रेप’ भएको थियो । त्यसपछि त्यसको विरुद्धमा मानिसहरू सडकमा निस्किए । त्यसपछि रेपको विषयमा भारतमा संसद्देखि सडकसम्म निकै चर्चा भयो ।’ उनले बिबिसीसँग भनिन्, ‘मेरो जन्म पनि दिल्लीमा नै भएको हो ।

दिल्लीमा भएको ग्याङ रेपको विषयले मलाई पनि अन्दोलित बनायो । त्यतिबेला उठेको एउटा प्रश्न थियो– किन बढिरहेको छ त बलात्कार रु त्यो घटना मेरो पिएचडीसँग जोडिएको अरू प्रश्न थियो– बलात्कारीको दिमागले कसरी काम गर्छ ।’ मधुमिताले अध्ययनका क्रममा बलात्कारीहरू त्यो कुकृत्यबाट निकै दुखी रहेको पाएकी थिइन् । उनले बलात्कारीहरूलाई उनीहरूले गरेको कामको अपराधबोध छ÷छैन, उनीहरू फेरि यस्तो गर्न चाहन्छन् रु

भन्ने खोज गरिरहेकी थिइन् । उनले बलात्कारीहरू पीडितका बारेमा के सोच्छन् र यौनहिंसाका बारेमा उनीहरूको के बुझाइ छ भन्ने पनि उनले पत्ता लगाउनु थियो । मधुमिताले वासिंगटन पोस्टसँग भनिन्, ‘मलाई पहिला त यिनीहरू मानिस होइनन् दैत्य हुन् जस्तो लागेको थियो, तर जब मैले उनीहरूसँग कुरा गरें अनि थाहा भयो उनीहरू कुनै असाधारण मानिस होइनन् ।

उनीहरू बिलकुल सामान्य मानिस हुन् । उनीहरू बलात्कारी मानसिकताबाट हुर्केका कारण यस्तो गर्छन् । धेरैजना बलात्कारी तीन–चार कक्षा मात्रै पढेका छन् । उनीहरूमध्ये धेरैलाई सहमतिमा यौन सम्पर्क हुन्छ भन्ने पनि थाहा रहेनछ ।’एजेन्सी