सूचना प्रविधि

स्व. पत्रकार थपलियाको परिवारलाई सहयोग

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले महासंघका सदस्य एवं कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको परिवारलाई सहयोग गरेको छ । प्रदेश समितिको सोमबार बसेको बैठकले थपलियाको परिवारलाई तत्कालै १० हजार रुपैया“ उपलब्ध गराउने निर्णय भएको अध्यक्ष शेखर अधिकारीले जानकारी दिए ।

बैठकले थपलियाका श्रीमती र २ छोरीहरूको जीवनयापन र शिक्षादीक्षामा सहयोगका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रतिष्ठान शाखाहरू, कान्तिपुर मिडिया ग्रुप, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका साथै सञ्चारस“ग सम्बद्ध सबै संघसंस्थालाई अनुरोध गरेको छ ।

थपलियाको उपचारको क्रममा असार १५ गते सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो ।