सामाजिक सञ्जाल

बाबु-आमानै गुमाएजस्तो केटाकेटीहरु आधारातमा डाँको छोडेर रुनु राम्रो संकेत होईनः हास्यकलाकार गजुरेल

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलले रसियामा जारी विश्वकपबारे दरो व्यङ्ग कसेका छन् । गएराती भएको खेलमा पराजय भएका टिमका समर्थकहरु डिप्रेसनसम्मैको अवस्थामा पुगेको भन्दै गजुरेलले आफ्नो फेसबुकमार्फत तिखो व्यङ्ग्यबाण हानेका हुन् ।

आफूले मन पराएको टिमले हार व्यहोर्दा दुःख लाग्नु स्वभाविक भएको तर बाबु आमा नै गुमाएजस्तो मध्यरातमा रुनु नराम्रो संकेत भएको भन्दै उनले लेखेका छन्, ‘आफुले समर्थन गरेको टीमले हार्दा सामान्य दुख लाग्ला तर, बाबु-आमानै गुमाएजस्तो केटाकेटीहरु आधारातमा डाँको छोडेर रुनु राम्रो संकेत होईन । ’

बाबु आमाले यस्तो केटाकेटीलाइ सत्य सिकाउन आवश्यक भएको भन्दै अघि लेखेका छन्, ‘उनिहरुलाई सत्य स्विकार गर्न सिकाउनु पर्छ । खेललाई केवल खेलको रुपमा मात्र लिन उत्प्रेरित गर्नु पर्छ । खेल र जीवन दुई बिपरित कुरा हुन् ।’

वास्तवमै खेललाई खेलको रुपमा लिनुपर्छ ।