खेलकुद

अर्जेन्टिनाले ३ का बिरुद्ध फान्ससंग खायो ४ गोल, फ्रान्स क्वाटरफाईनल प्रबेश

काठमाण्डौ । विश्वकप खेलको नकआउट चरणमा भएको अर्जेन्टिना र फ्रान्सबीचको खेल ज्यादै रोमाञ्चक बनेको छ । खेलमा सुरुमा फ्रान्सले अर्जेन्टिनालाई एक गोल गरेपछि आत्तिएको अर्जेन्टिनाले पहिले एक गोल हानेर ड्र बनायो भने दोस्रो खेलको शुरुमा नै अर्जेन्टिनी खेलाडी डीमेरियाले अर्को गोल गरी फ्रान्सलाई नै पछि पारे ।
तर त्यसको केही मीनटमा नै फ्रान्सले लगातार अजेन्टिनालाई तीन गोल गरेपछि भने अर्जेन्टिनी खेलाडी पुन निरासमात्र भएनन् हार्ने निश्चित भएर तनाबमा रहे । अर्जेन्टिनी बिश्व प्रख्यात खेलाडी मेसी त रोएको अनुहार खेल हेर्दा टेलिभिजनको स्क्रिनमा स्पष्ट देखिन्थ्यो ।

समय सकिन लाग्दा अजेन्टिनाले एक गोल गरेर ३ अजेन्टिनाले पुर्याएपनि यसपटकको बिश्वकपबाट ३ का बिरुद्ध ४ गोल खाएपछि बाहिरिएको छ । अर्जेन्टिनाले अब २०२२ मा कतारमा हुने बिश्वकपका लागी मेहेनत गर्नुपर्नेछ ।