अन्तर्राष्ट्रिय

दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चाङ्सा । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् ।

स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो ।

तिव्रगति आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् ।

घाइते भएकालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । रासस/सिन्ह्वा