समाचार

नागढुङ्गाबाट ३ किलो सुनसहित २ जनालाइ हतकडी

काठमाडौं । ३ किलो सुनसहित २ जना पक्राउ परेकाा छन् । राजधानीको नागढुङ्गा चेकप्वाइन्टबाट शनिबार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको चम्पाराका १९ बर्षीय दिपक कुमार मोर्रे र कञ्चनपुरका २३ बर्षीय मनोज विक समातिका छन् । मोर्रे पक्राउ परेको गाडीका चालक समेत हुन् ।

Maruti 800 (UK 024684) नम्बरको गाडीको एयर फिल्टरबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।