सुदूरपश्चिम

सडक, विद्युत् र हवाईसेवालाई प्राथमिकता दिन आग्रह

हुम्ला । प्रदेश नं ७ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लाका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई हुम्ला विमानस्थलमा आज भेटी जिल्लामा सडक, विद्युत्, हवाईसेवालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन् ।

दुई वर्षभित्र कर्णाली–कोरिटार सडक निर्माणमा नेपाली सेना लागिपरेको जानकारी दिँदै उनले हुम्ला उद्योग वाणिज्य संघले हवाई भाडा वृद्धि कम गराउने बताए ।