साहित्य

सडकको दुरवस्थालाई चित्रण गर्दै हिले कविगोष्ठी

काठमाडौँ । सडकको दुरवस्थालाई चित्रण गर्दै आज जोरपाटी ओरालोको हिले सडकमा हिले कविगोष्ठी सम्पन्न भएको छ ।

दोहोरी साहित्यिक समाज र घुम्ती कवि गोष्ठीलगायत साहित्यिक संस्थाले आयोजना गरेको कार्यक्रममा ३० कविले व्यङ्ग्यात्मक कविता प्रस्तुत गरे । जीर्ण चाबहिल–जोरपाटी–साँखु सडकखण्ड समयमा निर्माण गर्न नसकेकामा दवाव दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नागरिक दवाव समूहका संयोजक कुमारराज सुवेदीले जानकारी दिए ।

कविता वाचन गर्नेमा वेदमणि घिमिरे, बाजुराम पौडेल, मेनुका पोखरेल, भवानी सापकोटा, परशुराम पराजुली, विन्दा खतिवडालगायत थिए ।