राजनीति

जनताको अपेक्षाअनुसार काम भइरहेको छः नेता भट्टराई

मंगलबारे, इलाम । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार काम गर्ने बताएका छन् ।

इलाममा हिजोबाट सञ्चालित १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी बन्न आएका उनले युवा शक्तिलाई समेट्ने खालका कार्यक्रम अगाडि ल्याइने बताए । प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न केन्द्र र प्रदेश सरकारले चासो राखेको बताउँदै यसका लागि आवश्यक बजेटसमेत विनियोजनको तयारी गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसमा नेता गुरुराज घिमिरेले नेपाली काँग्रेसले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउँदै स्थानीय तहमा के कसरी विकास भइरहेको छ चासो राख्न जनतालाई आग्रह गरे ।