सूचना प्रविधि

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ– मन्त्री बाँस्कोटा

दमक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उनले भने “अब देशलाई समृद्धितर्फ रुपान्तरण गर्ने जिम्मेवारी सरकारको हो तर सो लक्ष्य पूरा गर्न सञ्चारमाध्यमले पनि साथ दिनुपर्छ । ”

सञ्चारमन्त्री बाँस्कोटाले प्रेस जगतलाई थप मर्यादित र व्यावसायिक बनाउने खाँचो रहेको छ चर्चा गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भने, “सञ्चारमाध्यमको नीतिगत व्यवस्थापनमा चुनौती देखिए निराकरणका लागि सरकार गम्भीर छ ।”

प्रेस जगत विश्सनीय र व्यावसायिक भइ देश तथा समाजप्रति थप उत्तरदायी बन्न सके देशले छिट्टै फड्को मार्ने विश्वास व्यक्त गर्दै उनले समाजका बेथिति मात्र केलाएर सञ्चारमाध्यमको दायित्व पूरा नहुने उल्लेख गरे ।

“अबको सञ्चारमाध्यमले समाजको साझा भावना र मर्ममा पनि जवाफदेही बन्नुपर्छ ।” मन्त्री बाँस्कोटाले भने, “सञ्चारमाध्यमको समस्यासमाधान गर्न सरकार प्रतिबद्ध छ।”