पु.समाचार

सुनारको अवैध पेस्तोल बरामद

जाजरकोट । प्रहरीले भेरी नगरपालिका–३ स्यालाका ३२ वर्षीय तिलक सुनारको घरबाट अवैध पेस्तोल बरामद गरेको छ ।

घरमा अवैध हातहतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सुनारको घरमा खानतलासी लिँदा एक थान पेस्तोल, एक थान म्याग्जिन र त्यसमा लाग्ने चार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुनारलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दामा सात दिन म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।