खेलकुद

विश्वकपः ८ टोली मैदानमा उत्रिदैँ, जर्मनी र ब्राजिलले तान्यो सबैको ध्यान

काठमाडौं । रसियामा जारी २१ औँ संस्करणको विश्वकप प्रतियोगितामा बुधबार राती पनि चारवटा खेल हुदैँछ । तेस्रो चरणका अन्तिम खेल अन्तर्गत आज राती समूह ई र एफ का खेलहरु हुनेछन् ।

नेपाली समय अनुसार पौने ८ बजे जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्वीडेन आमनेसामने हुनेछन् । साविक विश्वकप विजेता जर्मनीलाइ यो खेल जित्नैपर्ने भएको छ । यस अघि हारजित बराबरी भएको जर्मनीको स्कोरबोर्डमा ३ अंक रहेको छ ।

स्वीडेन पनि धेरै पटक विश्वविजेता बनिसकेको टोली भएकाले उसका लागि पनि मेक्सिकोलाइ पराजित गर्नैपर्ने अवस्था सिर्जना भएको छ । यदि जर्मनीले कोरियासँग बराबरी गरेको खण्डमा स्वीडेनले हार्नुपर्नेछ अन्यथा जर्मनी नकआउट चरणमा प्रवेश गर्ने छैन् ।

त्यस्तै आज राती हुने एफ समूहका खेलमा ब्राजिल र सर्विया तथा स्वीटजरल्यान्ड र कोष्टारिका भिड्दैँछन् । सबैभन्दा बढी पटक विश्वकप ट्रफी उचालेको ब्राजिललाइ यो खेल बराबरीमा सकाउनुपर्नेछ भने सर्वियालाइ जित्नैपर्ने दबाब छ ।

आजका सबै खेल प्रतिक्षित हुनेछन् । विश्वविजेता टोली ब्राजिल र जर्मनीले फुटबल समर्थकको ध्यान तान्नेछन् । यी खेल पछि नकआउट चरणका खेल सुरु हुनेछन् ।