समाचार

महासमिति सदस्य चित्रकारलाई मातृशोक

काठमाडौँ । नेपाली काँग्रेस महासमिति सदस्य नवीन चित्रकारलाई मातृशोक परेको छ ।  उनका माता रत्नमाया चित्रकारको ८९ वर्षको उमेरमा आज बिहान निधन भयो । मधुमेहका रोगी उनी पछिल्ला दिन निमोनियाबाट पीडित थिइन ।

दिवंगत चित्रकारको आजै अत्येष्टि गरिएको छ । उनका दुई छोरा र छ छोरी छन् ।  दिवंगत चित्रकारलाई श्रद्धान्जली दिन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य प्रकाशमान सिंह ढल्को, ल्हुति पुगेका थिए ।