अन्तर्राष्ट्रिय

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

लण्डन, बेलायत । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ ।

मङ्गलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट स्वागत गर्दै खुशीयाली मनाएका थिए ।

सभामुख जोन बर्कोले भने , जसले बेलायतलाई इयूको सदस्यताका लागि बाटो खोलेको यूरोपेली सदस्य राष्ट्रसम्बन्धि ऐन ९१९७२०, जसलाई बेलायतको इयूबाट बहिर्गमनका लागि खारेज गर्न प्रस्ताव गरिएको थियो, ले महारानी एलिजावेथ द्वितीयबाट स्वीकृत भएको छ । अब विधेयकले कानूनी हैसियत प्राप्त गरेको छ ।

विधेयकले दशकौँको यूरोपेली कानूनलाई बेलायती कानूनी कितावमा रहेको कुनैपनि वैधानिक समस्यालाई रोक्नेछ ।
यसले मार्च २९, २०१९ को राती ११ बजे (ब्रसेल्सको मध्यरात) लाई बेलायती कानूनमा ‘ब्रेक्जिट ड’ेका रूपमा पनि स्थापित गर्नेछ । अर्थात् इयू ऐनको धारा ५० बाट हुने बहिर्गमन प्रक्रियाको पनि अन्त्य गर्नेछ ।

सन् २०१७ को जुलाईमा प्रस्तुत विधेयकमाथि बेलायती संसदमा २५० घण्टा लामो कडा बहस चलेको थियो ।

यूरोपप्रति शङ्का व्यक्त गर्ने बेलायतीहरूले विधेयकले कानूनी स्वरूप पाएसँगै खुशीयाली व्यक्त गरेका छन् । तर इयूबाट बेलायतको बहिर्गमनका लागि ब्रसेल्ससँगको वार्ता भने अझै विविध कारणले अनिश्चित देखिएको छ ।

अन्तराष्ट्रिय व्यापार मन्त्री लायम फक्सले विधेयकले कानूनी स्वरूप पाएपछि प्रतिक्रिया दिँदै भने, विधेयकले ब्रेक्जिटका लागि ‘अपरिवर्तनीय’ रूपमा बाटो खुला गरिदिएको छ बेलायतले ‘अब इयू नछोड्ने सम्भावना शुन्य’ रहने छ ।

सत्ताधारी कन्जरभेटिभ पार्टीका इयूविरोधी चर्चित नेता तथा सांसद याकोव री–मगले गत हप्ताको अन्तमा भन्नुभएको थियो, “बेलायतको सहज बहिर्गमनका लागि अब वैधानिक अवस्था धेरै बलियो भएको छ ।”

उनले थपे, “यससँगै प्रधानमन्त्री टरिजा मे को ब्रेक्जिटका लागि हात थप बलियो भएको छ ।” प्रधानमन्त्री पक्षधर अर्का नेता तथा सांसदले भने, प्रधानमन्त्री मे यसै हप्ता इयू सम्मेलनका लागि ‘अनुकुल अवस्थासहित’ जानेछन् ।