स्वास्थ्य

क्षयरोगीका परिवारको स्वास्थ्य परीक्षण गरिने

पथरी, मोरङ । मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ । पथरीशनिश्चरेका स्वास्थ्य संयोजक मुरारी आचार्यका अनुसार पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी र सुनवर्षीका स्वास्थ्य संस्थाका क्षयरोग उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई परिवारका सदस्यको पनि खकारको नमूना परीक्षण थाल्न जानकारी गराइएको छ ।

आचार्यका अनुसार क्षयरोगीका परिवारका पाँच वर्षमुनिका बालबालिकालाई क्षयरोग लाग्न नदिने आइपिटी उपचार सेवा प्रदान गर्न पनि जानकारी गराइएको छ । त्यसअघि, पथरीशनिश्चरे स्वास्थ्य शाखाले नगरका निजी स्वास्थ्य संस्थाबीच अन्तक्र्रिया गरी क्षयरोग निर्मुल पार्न लाग्नुपर्नेमा जोड दिएको थियो ।

कार्यक्रममा, स्वास्थ्य संयोजक मुरारी आचार्य र सहसंयोजक याम खड्काले पथरी स्वास्थ्यचौकीसहितका नगरका स्वास्थ्यचौकीको ल्याबको चुस्त व्यवस्थापन तथा क्षयरोगीको जाँचलाई प्रभावकारी बनाउने बताए ।

साथै, उनीहरुले निजी स्वास्थ्य संस्थाले आफूसँग उपचारका लागि आउने क्षयरोगका बिरामीलाई निःशुल्क उपचार र सरकारी स्वास्थ्य संस्थामा दर्ताका लागि पठाएर सहयोग गरिदिन सूचित गराए।