पु.समाचार

आचारसहिंताभित्र रहेर मात्र समाचार प्रवाह गनुहोस : महासचिब बिष्ट

काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा समाचार सामग्री प्रवाह गर्दा पेशागत मर्यादा र पत्रकार आचारसंहिताको मर्मभित्र रहेर मात्र गर्न सम्बन्धीत सबैमा अपिल गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी समाचार प्रवाह गर्दा जिम्मेवारीपूर्वक गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सामाजिक सद्भावप्रति सजग बन्दै पेशागत मर्यादामा ध्यान पु¥याउन आग्रह गरेका छन् ।

केही दिनयता समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यक्त आरोप–प्रत्यारोप र टिकाटिप्पणीप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्रीकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा हिरासतमा राख्ने जस्ता कार्य प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको उल्लेख छ ।

सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीमा चित्त नबुझे अदालत वा प्रेस काउन्सिलसमक्ष उजुरी गर्न महासंघ सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ ।

प्रेस स्वतन्त्रता, पत्रकारको व्यावसायिक र पेशागत सुरक्षा एवं कर्तव्यप्रति सचेत र जिम्मेवार बन्नसमेत सबै सरोकारवाला निकायलाई महासंघले आग्रह गरेको छ ।