आर्थिक

ज्योतिको नयाँ शाखा बर्दघाटमा

काठमाडौं । ज्योति विकास बैंकले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा सञ्चालन गरिएको हो ।

बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच आषाढ १२ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्यालले सुपरिचित राष्ट्रिय स्तरको विकास बैंकको शाखा आफ्नो नगरपालिकामा खुलेकोमा खुशी लागेको बताउदै बैंकको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयमानै चुक्ता पुँजी पु¥याएको र हाल आफ्नो सेवा तथा शाखा संजाललाई देशैभरी विस्तार गर्ने क्रममा बर्दघाटमा शाखा खोलेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जिम्मेवार ढङ्गले गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गर्दै बैंकले आफ्नो व्यवसाय विस्तार गर्ने बताउन हुँदै ज्योति विकास बैंकको सेवा लिनहुन सम्पुर्णमा अनुरोध गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व ३१ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ७१ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।