राजनीति

कांग्रेसले भन्योः प्रधानमन्त्री नयाँ राजाको अवतार, मन्त्रीहरु कानुन भन्दा माथि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका एक सांसदले प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरुलाइ गम्भीर आरोप लगाएका छन् । मंगलबार प्रतिनिधीसभा बैठकमा बोल्दैँ सांसद डा. मिनेन्द्र रिजालले ओली नेतृत्वको सरकारले मनपरीतन्त्र चलाएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को कार्यालय भित्रै विभिन्न शाखा, उपशाखा खोलेर विभिन्न व्यवस्था गरेको भन्दैँ सांसद रिजालले ओलीलाइ नयाँ राजाको अवतार को संज्ञा दिएका छन् । ‘प्रधानमन्त्री ओलीले राजाजस्तै गरी मनपरीतन्त्र गर्नु अधिनायकवाद तर्फ उन्मुख हुनु हो, सांसद डा. रिजालले भने, प्रधामन्त्रीले कमजोर प्रतिपक्षी देखेर मनलाग्दीनिर्णय गर्न पाउदैँन् ‘।

बैठकमा बोल्ने क्रममा सांसद मिनेन्द्र रिजालले ओली सरकारका मन्त्रीहरु पनि कानुनलाइ लत्याएर हिडेको टिप्पणी गरेका छन् । उनले गृहमन्त्री राम बहादुर थापा, पर्यटनमन्त्री रविन्द्र अधिकारी र कानुन मन्त्री शेरबहादुर तामाङलाइ जनविरोधी काम गरेको आरोप लगाए ।

मूल्यवृद्धि लगायत बेथितीका विरुद्ध बोलेका आफ्ना कार्यकर्तालाइ सरकारले हस्तक्षेप गरेकोमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पुर्बमन्त्री समेत रहेका नेता रिजालको आक्रोश थियो ।

ओली सरकारको गिलतकुराको बिरुद्धमा काँग्रेसले सडक र सदनबाट बिरोध गर्ने रणनीति अनुसार डा. रिजालको उक्त कडा अभिब्यक्ती आएको हो ।