राजनीति

नेविसंघले माग्यो शिक्षामन्त्रीको राजिनामा, सरकार माफियाको चलखेलमा फसेको गम्भीर आरोप

काठमाडौं । नेपाल बिद्यार्थी संघ(नेविसंघ)ले वर्तमान सरकार सामाजिक जनजीवन खल्बल्याउने बाटोमा उद्वत भएको भएको आरोप लगाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेविसंघले राष्ट्रियता कमजोर पार्ने, प्रेसमाथि अंकुस लगाउने, सरकारी तथा गैरसरकारी संस्थाको नियन्त्रण गर्ने, कम्युनिष्ट इतर विचार राख्ने जाती, समुदायलाइ त्रसित गर्ने काम गरेको भन्दै सरकारप्रति आक्रोश पाखेको हो ।

यस्तै गत साता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा चरम लापरवाही भएको भन्दै नेविसंघले शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको राजनीमा माग गरेको छ ।

परीक्षाफलमा भएको चरम लापरवाहीले झन्डैँ ५ हजार बिद्यार्थीमाथि जघन्य अपराध भएको भन्दै अध्यक्ष नैनसिंह महरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, पछिल्लो पटक एसइइ परीक्षाको नतिजा प्रकाशनमा सरकारले चरम लापरवाही मात्रै गरेको होइन कि बिद्यार्थी माथि गरिएको जघन्य अपराध हो ।

‘४७०३ भन्दा बढी बिद्यार्थीको बेलुका र बिहानको प्राप्ताङकमा फरक देखिनु वर्तमान कम्युनिष्ट सरकार शैक्षिक माफियाँको चलखेलमा फसेको सहजै अनुमान लगाउन सकिन्छ, विज्ञप्तीमा अघि भनिएको छ, सरकारको यो जघन्य कामले ४७०३ बिद्यार्थी मात्रै नभएर लाखौँ अभिभावक, शिक्षकमा समेत नराम्रो मनोविज्ञान पैदा गरेको छ ।’

परीक्षाफल प्रकाशनमा भएको चरम अनियमितताले आम जनमानसमा निराशा पैदा परेको भन्दै नेविसंघले शिक्षामन्त्रीको राजीनामा र परीक्षा बोर्ड प्रतिनिधीमाथि कारवाही र छानविनका लागि माग गरेको छ ।
यस्तो छ विज्ञप्तीः-